आइतबार विप्लवको उपत्यका बन्द ! - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

आइतबार विप्लवको उपत्यका बन्द !



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ ।

खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका नेता तथा कार्यकर्ताको रिहाइ माग गरेर नेकपाले आइतबार उपत्यका बन्दको आह्वान गरेको हो ।

उपत्यका विशेष व्युरोद्वारा आह्वान गरिएको उपत्यका बन्दको विरोध हुन थालेको छ ।

नेकपा उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वालले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई पटक–पटक गिरफ्तारी गर्ने र जिल्ला घुमाउने कामको विरोध गरेका छन् ।

प्रहरीले प्रवक्ता प्रकाण्डसहितका नेताहरूलाई अवैध रुपमा करोडौँ रुपियाँ चन्दा उठाउनुका साथै हत्या, अपहरण, बम विस्फोटको अभियोगमा पक्राउ गरेर मुद्धा चलाएको छ ।