तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार



काठमाडौं– अमेरिकाको न्युयोर्क सिटीस्थित क्विन्समा रहेको नवजात शिशु स्याहार केन्द्रमा एक महिलाले तीन नवजात शिशुसहित पाँच जनामाथि चक्कु प्रहार गरेकी छन् ।

चक्कु प्रहारबाट घाइते हुने शिशुमा उमेर तीनदेखि २० दिनका रहेको छ ।

शुक्रबार बिहान पौने चार बजे सो आक्रमण भएको हो । आक्रमणकारी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको न्युयोर्क प्रहरीले जनाएको छ ।

घटनास्थलबाट दुईवटा चक्कु बरामद भएको प्रहरीलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।