नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी,माओवादी हेरेको हेरै !
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।
नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले १२÷१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् ।
नेकपाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो । सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन÷तीन जना इन्चार्ज छन् भने प्रचण्ड पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको छ । राजधानी दैनिकमा खबर छ ।