मकाउमा आर्य-क्षेत्री समाज गठन। - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मकाउमा आर्य-क्षेत्री समाज गठन।



कर्ण अधिकारी मकाउ,चीन।

चीनको स्वशासित क्षेत्र मकाउमा आर्य-क्षेत्रीहरूको १९ तारीक बुधवार विदेशी भूमि मकाउमा कार्यरत रहेका आर्य-क्षेत्रीहरूलाई सङ्गठित गर्न,मकाउमा रहेका विभिन्न जातीय,राजनीति एवं सामाजिक सङ्घ संस्थाहरूसङ सहकार्य गर्दै मकाउमा कार्यरत रहेका नेपालीहरू र नेपालमा रहनु भएका दुखी पीडितहरूको सुख दु:खमा साथ दिनका लागि निरञ्जन खड्काको अध्यक्षतामा ११ सदसीय आर्य-क्षेत्री समाजको तदर्थ समिति गठन भएको छ।उक्त तदर्थ समितिमा अध्यक्ष निरञ्जन खड्का,उपाध्यक्ष द्वय तारा बहादुर महत र शेखर बुढाथोकी,महासचिव राजन खत्री,कोषाध्यक्ष पदम सिंह पन्त,सदस्यहरू तुलसी पौडेल,मोहन पन्त,अचेत बडाल,भैरव चन्द,शेर बहादुर कोइराला र घन श्याम ओली रहेका छन्।

बिगतमा मकाउमा जन जातीहरूको नाममा संस्था स्थापना भए पनि हाल आएर आर्य-क्षेत्रीहरूले पनि समाज स्थापना गर्न सफल भएको छ।मकाउका आर्य-क्षेत्रीहरूले आउँदा दिनहरूमा आफ्नो संगठनलाई सामाजिक रूपमा दर्ज गराउनका लागि गहन भूमिका खेल्ने छ।

आजको उक्त भेलामा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परीषद एशिया प्यासेफिक आर्थिक स्थायित्व समितिका सह-संयोजक अम्बिर जोशी,गैर आबासीय नेपाली संघ आईसीसी सदस्य एवं गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका पूर्व अध्यक्ष मुकेश कुमार बरूवाल,नेपाली समाज मकाउका बरीष्ठ सल्लाहकार राजकपुर थपलिया,पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्त साथै केही आर्य-क्षेत्री नेपालीहरूको उपस्थिति रहेको थियो।उक्त तदर्थ समितिले नै ६ महिना भित्र अधिवेशन गराएर समाजलाई बैधानिकता दिने छ।तदर्थ समितिको आउँदो सेप्टेम्बर २६ तारीकको पहिलो बैठकले निर्देशक कमिटी सल्लाहकार कमिटी गठन गर्ने छ।आर्य-क्षेत्री समाज गठन भएसंगै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारीले सामाजिक संजाल फेसबुकबाट शुभकामना दिएका छन्।