नेकपाभित्र फेरी लफडा !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् ।
नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन् ।
‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिब पदमा नरने कुराको जानकारी गराउछु’, उनले फेसबुकमा लेखेका छन् ।