कञ्चनपुरमा विद्यालयमै ‘बालिका’ बलात्कार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कञ्चनपुरमा विद्यालयमै ‘बालिका’ बलात्कार



कञ्चनपुर |
कञ्चनपुर कृष्णपुर नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा बालिकाको बलात्कार भएको छ । कृष्णपुर नगरपालिका–१ की ६ बर्षिय बालिका बिहीबार विद्यालयमै बलात्कार भएकी हुन् ।

कक्षा कोठामै बलात्कार भएको पीडितबालिकाको घर परिवारले जनाएको छ । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताईन् । छोरी घरपुगेपछि भात खाईन । भात खाएपछि पल्टिईन ।
‘मैले छोरीलाई होमवर्क गर भने, ‘आमाले भनिन्, ‘पिर भयो भन्दै छोरी रोईन् ।’ कता पिरो भयो, किन भयो, भनेर सोध्दा छोरीले तल्लो पेटमा पिर भएको बताईरहेकी थिईन । छोरीका कपडा खोलेर हेर्दा यौनीबाट रगत बगेको देखेपछि छोरीलाई के भएको भनेर सोधे । छोरीले सुभाव भन्ने केटाका दाईले हान्यो र ढलाएर बलात्कार गरेको बताईन् ।

‘छोरीलाई विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ, ‘आमाले भनिन, ‘तत्तकाल प्रहरीलाई खबर गरे ।’ बालिकाले घर परिवार र प्रहरीलाई दिएको बयान अनुसार प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० बर्षिय अमर सिह रानालाई पक्राउ गरेको छ ।
विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको वा नघटेको बारेमा आफुलाई थाहा नभएको बताए । प्रअ चौधरीले दिउँसो ३ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै थाहा भएको बताए ।