पुर्व सेनापति राजेन्द्र क्षेत्रीको काण्ड के हो ?
संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना समेत गर्दै त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे । सेना व्यापारमा लाग्ने हो भने धेरै किसिमका अप्ठ्यारा आउने भन्दै त्रिपाठीले भने, ‘सेनाले व्यवसाय गर्छ भने त्यसले पेशागत मर्यादामा आँच अउँछ । अन्तत्वगत्वा धेरै किमिसमा अप्ठ्यारा र समस्या आउन सक्छन् ।’
यस्तै उनले नेपाल वायुसेवा निगमले गरेको वाइडबडी विमान खरिद प्रकरणमा अनियमितता भएको दाबी गर्दै यसविषयमा संसदको सार्वजनिक लेखा समितिमा छलफल हुनुपर्ने बताए ।
दोस्रो निजगढ विमानस्थल निर्माणमा डीपीआर नै तयार नगरी हचुवाको भरमा रुख काट्न लागिएकोप्रति पनि उनको आपत्ति थियो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका सासद महेश बस्नेतले क्षेत्रीले भ्रष्ट्रचार गरेको समाचार आइरहेकाले छानविन गर्न माग गरे । उनले संविधानको विरोध गर्ने राजपालाई त्यस्तै नगर्न सुझाव दिए । प्रधानमन्त्रीले संविधान संशोधन गर्ने आश्वासन दिइसकेकाले संविधानको संरक्षण गर्न आग्रह गरेका छन् ।