शिक्षक कुट्ने नेकपाका वडाध्यक्षलाई कारबाही गरेको खोइ ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

शिक्षक कुट्ने नेकपाका वडाध्यक्षलाई कारबाही गरेको खोइ ?



तम्घास । शिक्षक कुट्ने वडाध्यक्षको सर्वत्र विरोध त भइरहेको छ तर कारवाही भने भएको छैन । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० स्थित भगवती माध्यमित विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टले गत असोज १ गते दिउँसो ३ बजे कक्षा ८ मा पढाइरहेको अवस्थामा रेसुङ्ग नगरपालिका १० सिमिचौरका वडाध्यक्ष पदम प्रसाद अर्यालले विष्टलाई धम्क्याउने, तर्साउने र तथानाम गालीगलौज गरेका थिए ।

नेपाल शिक्षक महासंघ नगर कार्यसमिति रेसुङ्गाले विज्ञप्ति जारी गरी शिक्षक र शिक्षण संस्थामाथि कुनै पनि प्रकारका दुव्र्यवहार र अवान्छित क्रियाकलापहरु तत्काल रोक्नका लागि सम्पूर्ण सरोकारवाला पक्षहरुसंग अपील गरेको छ ।

शिक्षक धम्क्याउने अर्याल उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । उनले पदीय अधिकारको दुरुपयोग गरेको आरोप समेत लागेको छ ।

घटनाको साता बित्दा पनि उनीमाथि गुल्मी प्रसासन र सरोकारवालाले कुनै चाँसो देखाएका छैनन । यतिमात्र होइन  सोहि विद्यालयले समेत उनीमाथि कुनै कारवाही गर्न सकेको छैन ।

वडाध्यक्ष अर्यालले शिक्षकलाई त दुर्ब्यबहार गरे गरे तर उनलाई कारबाही भएन भने भोलि उनले अन्य घटना नघटाउलान भन्न कसरी सकिन्छ ? विद्यालयका शिक्षक उनीबाट कुटिनुपर्छ भने सोहि गाउँका महिला कसरी सुरक्षित हुन सक्छन यो गम्भीर कुरा हो ।