यसरी घट्दै छ प्रहरीमाथिको विश्वास - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

यसरी घट्दै छ प्रहरीमाथिको विश्वास



पछिल्लो समय नेपाल प्रहरीमाथिको विश्वास घट्दै गएको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यासहितका विभिन्न घटनाको अनुसन्धानमा प्रहरीबाट भएका कमजोरीका कारण प्रहरीमाथिको विश्वास घट्दै गएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

कञ्चनपुर घटनामा त्यहाँको प्रहरी नेतृत्वले प्रधानमन्त्री र गृहमन्त्रीलाई नै गलत सूचना लिएको खुलेको छ। बालिका पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेको पुष्टी भएपछि प्रहरीप्रति प्रधानमन्त्री र गृहमन्त्रीले नै विश्वास गर्न छाडेका छन्।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पनि कञ्चनपुर घटनामा प्रहरीबाट गल्ती भएको स्वीकार गरेका छन्। उनले संगठन भित्रका गल्ती सुधार्दै अघि वढ्ने विश्वास व्यक्त गरे।