सिर्जनशिल नेपालद्बारा मुक्तकमैया शिबिरमा नमुना अध्ययन गृहको शिलान्यास - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सिर्जनशिल नेपालद्बारा मुक्तकमैया शिबिरमा नमुना अध्ययन गृहको शिलान्यास



मंगल बास्कोटे
लम्की,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ एकता नगर शिबिरमा बसोबास गर्दै आएका मुक्त कमैयाका बालबालिकाहरुको अध्ययनको लागी आज एक भब्य कार्यक्रमका बिच नमुना अध्यय गृहको शिलान्यास गरिएको छ ।

पिठ्युमा झोला ,शरिरमा कुनै बिद्यालयको चम्किलो ड्रेस र बिद्यालयको डेस्क बेन्चमा बसेर पढ्ने रहर बोेकेका मुक्त कमैयाका बालबालिकालाई उनिहरुका अभिभावकले आर्थिक अभाबमा शिक्षाको पहँच सम्म पु¥याउन नसकेको अवस्था अहिले पनि त्यहा छ । मुक्तकमैया शिबिरकी एक जना शिक्षित महिलाले बालिबालिकाहरुबाट दैनिकी एक बिद्यार्थि बाट एक रुपैया लिएर बालबालिको उज्जल भबिष्यको लागी अध्ययन गराई राख्नु भएको छ ।

अध्ययन गराउनको लागी न प्रयाप्त भवन छ न बस्नको लागी डेक्क बेन्च ,उनिहरुलाई धुलोमाटोमा नै ति महिलाले अध्यापन गगाई रहेको अवस्थालाई मध्य नगर गर्दै सिर्जनशिल नेपालले बालबालिकालाई शिक्षाको ज्याति छर्न बिभिन्न सहयोगि हातहरु संग सहकार्य तथा सहयोग मागेको थियो । बिभिन्न क्षेत्रबाट आएको सहयोगलाई एकिकृत गर्दै बृहत कार्यक्रमको आयोजना गरि सो शिबिर आज नमुन अध्ययन गृहको शिलान्यास गरिएको छ ।

अध्ययन गृहको शिलान्यास प्रदेश नं.७ का प्रदेश सांसद  रतन बहादुर थापाले गर्नु भएको हो । शिलान्यास गर्नु पुर्व लम्कीमा आयोजना गरिएको कार्यक्रमलाई प्रमुख अथितिको आसनबाट सम्बोधन गर्दै सांसद थापाले, ‘सिर्जनशिल नेपालका कलिला युवाहरुले छोटो समयमा देश बिकासका लागी निकै राम्रो कार्य गर्नु भएको बताउनु भयो ।’ यो निकै प्रशंसा लायक कार्य हो , नमुना अध्ययन गृह निर्माणको लागी प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने छ भन्दै सांसद थापाले प्रतिबद्धता समेत गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापाले आफ्नो ५ बर्षिय कार्यकालमा असाह्य,गरिब बालबालिको शिक्षाको लागी आफुले पाउने तलवबाट सहयोग गर्ने कुरा पहिले नै बोलि सकेको बताउनु भएको भयो । यसै अन्तरगत एकता नगर मुक्तकमैया शिबिरका बालबालिकालाई सहयोग गर्ने छु भन्दै आश्वासन दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लम्की चुहा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष जनक बहादुर बमले सिर्जनशिल नेपालको अथक प्रयासमा निर्माण भईरहेको नमुना अध्ययन गृहको लागी वडा नं.१ ले बेलाबेला सहयोग गर्दै आएको र अवको दिनमा पनि सहयोगको लागी कुनै ठाउँमा नचुक्ने बताउनु भयो । वडा नं.३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले सिर्जनशिल नेपालका युवाहरुको अभियानको सबैले खुलेर प्रसंशा गर्नु पर्ने बताउनु भयो ।

सिर्जनशिल नेपालका अध्यक्ष जनक सुनारको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अथिति बुकिवुकिकी बिजेता कबिता नेपालीले आफु पनि गरिव परिवार बाट आएको हुदा गरिबीको मर्म निकै नजिकबाट अनुभब गरेको बताउदै , गरिब परिवारको चेली बुकिवुकि बिजेता बन्न लाखौ नेपालीको साथ सहयोग चाहिएको थियो र सबैको साथ सहयोगले बिजेता भएको बताइन् । उनले भनिन , ‘ मलाई लगाएको गुन मैले सबैको घरघरमा गएर चुकाउन सक्दैन । ‘ आज थोरै भए पनि मुक्तकमैयाका बालबालिकालाई मैले सहयोग गर्छु र आगामी दिनमा पनि सहयोगका लागी बिभिन्न निकाय संग पहलकदमी चाल्ने बिश्वास दिलाइन ।

कार्यक्रममा यस क्षेत्रका समाजीक ब्यक्तित्व,शिक्षा प्रतिनिधि,बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । सिर्जनशिल नेपालका उपाध्यक्ष प्रकाश बिष्टको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन प्रकाश खनाल र पुर्णिमा जनालाले गर्नु भएको थियो ।