मलेसियाका पूर्वप्रधानमन्त्री पक्राउ - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मलेसियाका पूर्वप्रधानमन्त्री पक्राउ



क्वालालम्पुर : मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ। राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीले बताएका छन्।

नाजिब र उनका सहकर्मीले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो।

गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो। महाथिरको गठबन्धनले नै अहिले सरकार बनाएको छ।

विगतमा रजाककै संरक्षक रहेका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए।

नयाँ सरकार बनेको केही समयमै पूर्वप्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात आरोप लगाइएको थियो। तर पक्राउ भने बुधबार गरिएको हो।

पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने छ। एएफपी