शाहरुख खान अब हलिउड ‘सुपरहिरो’ बन्दै ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

शाहरुख खान अब हलिउड ‘सुपरहिरो’ बन्दै !



केही दिन अगाडि बलिउड अभिनेता शाहरुख खानले हलिउड फिल्म खेल्न रुची नभएको बताएका थिए । तर, उनले चाँडै एउटा हलिउड फिल्ममा ‘सुपरहिरो’ को रुपमा अभिनय गर्न सक्ने भारतीय मिडियाले जनाएका छन् ।
हलिउडको फिल्म निर्माण कम्पनी मार्वल फिल्म्सले आफ्नो आगामी सुपरहिरो फिल्ममा शाहरुखलाई खेलाउने इन्ट्रेस्ट देखाएको छ । यस कम्पनीले निर्माण गरेको फिल्म ‘डेडपुल २’ मा डेडपुल र डोपिन्डरले शाहरुखको फिल्म स्वदेशको गीत सुनिरहेको दृष्य थियो । यसबाट पनि शाहरुखप्रति कम्पनीको आशक्ति झल्किन्छ ।

मार्बलका फिल्मको फ्यानबेस भारतमा तीव्ररुपले बढिरहेको छ । ‘एभेन्जर इन्पिmनिटी वार’ भारतमा ब्लकबस्टर भएको थियो । मार्वलका क्रियटिम डेभलपमेन्ट हेड स्टिफन वाकरले भारतीय फ्यान बेसलाई आकषिर्त गर्न भारतीय विषयवस्तुमा नै फिल्म बनाउने योजना रहेको बताए

‘यदि हामीले भारतीय कन्टेन्टमा फिल्म बनायौं भने शाहरुख खानलाई लिनेछौं,’ उनले भने । सुपरहिरो फिल्म बनाउन मार्वल प्रख्यात छ । शाहरुखले यसअघि हिन्दी फिल्म ‘रा वन’ मा सुपरहिरोको भूमिका निभाएका थिए । तर, यो फिल्म फ्लप भएको थियो । शाहरुखले केी दिनअगाडि दिएको एक अन्तरवार्तामा हलिउड निर्मातासँग फिल्म माग्न नजाने बताएका थिए ।