निर्मला हत्याकाण्डबारे प्रधानमन्त्रीले गरे कठोर ट्वीट - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

निर्मला हत्याकाण्डबारे प्रधानमन्त्रीले गरे कठोर ट्वीट



प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयमा आफू संवेदनशिल भएको बताएका छन् ।
सोमबार बालुवाटारमा निर्मला पन्तका बाबु–आमालाई निर्मला पन्त आफ्नी पनि छोरी भएकाले न्याय पाउनेमा ढुक्क रहन आग्रह गरेका थिए । प्रधानमन्त्रीलार्इ निर्मलाकी आमाले घटनाको नालीबेली सुनाएपछि आफू पनि चिन्तित भएको र यो भन्दा अगाडि भएका फितला अनुसन्धानको पछि नलाग्न पनि उनले आग्रह गरे । उनले निर्मलाका हत्यारा पत्ता लगाउन बनेको नयाँ समितिले हत्यारा पत्ता लगाउने बताए ।

उनीहलाई भेटेपछि सामाजिक सञ्जालमा ट्विट गर्दै उनले हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि नछाड्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन ।प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।’