नमस्कार नगरेको भन्दै नेकपाका वडा अध्यक्षले शिक्षकलाई कुटे - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

नमस्कार नगरेको भन्दै नेकपाका वडा अध्यक्षले शिक्षकलाई कुटे



गुल्मी। नेकपाका नेता तथा नेकपाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको दम्भ केन्द्रदेखि स्थानिय तहसम्म देखिने क्रम जारी रहेको छ। अधिकार जमाउन खोज्ने जनप्रतिनिधीले आफ्नो कर्तव्यको ख्याल गर्न समेत छाडेका छ्न्। ‘ गाउँ गाउँमा सिंहदरबार’ भनिएपछि त स्थानीय जनप्रतिनिधि आफैलाई सिंह सम्झिन थालेका छन्।

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १० का तत्कालिन एमालेबाट निर्वाचित वडा अध्यक्ष पदम अर्यालले भगवती माध्यमिक विद्यालयका एक शिक्षकलाई धम्की दिदै दुर्व्यवहार गरेका छ्न्। वडा अध्यक्ष त्यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन।

विद्यालयका शिक्षक गोपाल बिष्ट कक्षा ८ को कम्प्युटर बिषय पढाई रहँदा वडा अध्यक्ष अर्याल कक्षामा प्रवेश गरेका थिए। अध्यक्ष अनुगमनमा आएका होलान भनि शिक्षक अध्यापनमा नै केन्द्रीत थिए ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाए। शिक्षक बिष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडा अध्यक्ष अर्यालले तैले मलाई नमस्कार नगर्ने भन्दै हप्काउन थाले। पिडित शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले त सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लो स्तरमा झरेर गाली गरेको बताए।

आफू मौन रहेको अबस्थामा पनि वडा अध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होईन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको शिक्षक बिष्टले बताए।

केही जबाफ नफर्काइ शिक्षक बिष्ट कुर्सीमा बसेका बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पुर्‍याईदिउला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिदै वडा अध्यक्ष विद्यालय परिसरबाट बाहिरिएका थिए ।