संघीयता खारेज गर्न जुर्मुराए चित्रबहादुर केसी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

संघीयता खारेज गर्न जुर्मुराए चित्रबहादुर केसी



बुटवल : राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको मागसहित संसद्‌मा प्रस्ताव दर्ता गर्ने भएको छ।

संघीयताका कारण मुलुक नै संकटमा पर्न लागेको भन्दै संघीय संसद्‌मा संघीयता खारेजीको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।

प्रगतिशील पत्रकार संघ नेपाल रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा बोल्दै आर्थिक, राजनीतिक, सामाजिक र भौगोलिक अवस्थाले नेपालमा संघीयता धान्न नसकिने उनले दाबी गरे।  जथाभावी कर बढाउँदा जनता मारमा परेको उल्लेख गर्दै उनले एउटा सरकार चल्न नसकेको देशमा सातवटा प्रदेशलाई धान्ने आर्थिक क्षमता नभएको दाबी गरे।

उनले प्रदेश संरचना खारेज गरेर प्रदेशको बजेट र अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए।  बलात्कारीलाई कारवाही गर्न नसकेर शक्तिशाली सरकारले लाजमर्दो व्यवहार देखाएको अध्यक्ष केसीको आरोप थियो।