निर्मलाका लागी न्याय माग्दै कैलालीको बौनियामा प्रर्दशन - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

निर्मलाका लागी न्याय माग्दै कैलालीको बौनियामा प्रर्दशन



पदम ओझा / बौनिया ,कैलाली ।
कञ्चनपुरकि १३ वर्षिय बालिका निर्मला पन्तका लागी न्याय माग्दै कैलालीको बौनियामा प्रर्दशन गरिएको छ । बर्दगोरिया गाउपालिका वडा न १ बौनिया मा रहेको नोबेल माध्यमिक बिधालयका कक्षा ११ र ११ का विद्यार्थीले न्याय माग्दै प्रर्दशन गरेका हुन ।

हत्यारालाई फासी दे, निर्माला पन्तलाई न्याय दे, सत्यतथ्य उजागर गर, महिला हिंसा बन्द गर, बालबालिका माथिको हिंसा बन्द गर जस्ता नारा लेखिएका प्ले कार्ड सहित बिधालय बाट निस्केको र्‍याली बौनिया बजार परिक्रमा गरि बौनिया बजार चोकमा कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै घोडाघोडी बहुमुखी क्याम्पस स्ववियु सभापती जिबन बि सि ले बलात्कार पछि हत्या गरिएकी निर्मलालाई न्याय दिलाउन सरकार उदाशिन रहेको बताउनु भयो । नोबेल माध्यमिक बिधालयका विद्यार्थीलाई धन्यवाद दिदै सबिधानमा लेखिएको कानुन नभएर जन्ताका हक,अधिकार र न्याय पाउने कानुन चाहिएको बताउनु भयो ।

घटना भएको तिन महिना बित्नै लाग्दा सत्य तथ्य बाहिर न आउनु को कारण के हो ? भन्दै उहाँले सरकारलाई प्रश्न  गर्नुभयो । साथै उहाले सरकार ले चाडै हत्यारा पत्ता लगाउन न सके यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

यसै गरि बौनियाका ब्यापारी चेतराज भट्टले प्रहरीले हत्यारा पत्ता लगाउन नसक्नुमा कतै प्रहरी प्रशासनकै उच्च हात रहेको बताउनु भयो । घटना भएको तिन महिना बित्नलाग्दा समेत हत्यारा पत्ता नलाग्नु झन शंका भएको बताउनु भयो । कोणसभामा विद्यार्थी रमेश भुल,महेन्द्र सन्ज्याल लगाएतकाले सम्बोधन गरेका थिए । बिरोध र्‍यालीमा नोबेल माध्यामिक बिधालयका कक्षा ११ र १२ का २ सय विद्यार्थीको सहभागीता रहेको थियो ।