बझाङमा जुवा खेल्दै गरेको अवस्थामा ४ लाख नगद सहित ८ जना पक्राउ
गणेश विक / बझाङ ।
जिल्ला प्रहरी कार्यालय बझाङले जुवा खेल्दै गरेको अवस्थामा ८ जना लाई पक्राउ गरेको छ । सदरमुकाम चैनपुरमा रहेको माउन्टेन भ्यु होटेल बाट जुवा खेल्दै गरेको अवस्थामा होटल मालिकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जुवाको खालबाट प्रहरीले ४ लाख २५ हजार ४ सय २० रुपैयाँ नगद बरामत गरेको प्रहरी नायव उपरिक्षक प्रविण धितालले बताउनु भयो । प्रहरी नियन्त्रणमा मष्टा गाँउपालीका ५ का लाल बहादुर बोहरा, वडा नम्बर ६ का शिबराज बोहरा, साथै सोही गाँउपालीका ७ का मात सिहँ बोहरा रहेका छन् ।
यस्तै जयपृथ्वी नगरपालीका ५ का कलक बहादुर सिंह, वडा नम्बर ३ का गणेश रोकाया, वडा नम्बर ११ का प्रकास रोकाया रहेको प्रहरी नायव उपरिक्षक धितालले जानकारी दिनुभयो । प्रहरी प्रमुख धितालका अनुसार छविसपाथीभेरा गाँउपालिका ७ का तिलक धामी र सोही गाँउपालीका २ का विराट कठायतलाई पनि नियन्त्रणमा लिईएको छ ।
शनिबार राती विषेश सुचनाको आधारमा माउन्टेन भ्यु होटेलको २०४ नम्बर कोठा बाट जुवा खेली बसि रहेको अवस्थामा प्रक्राउ गरेको थियो । होटेल संचालक सुर्मा गाँउपालीका ४ घर भएका चक्र बहादुर बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भदौको पहिलो साता देखी सदरमुकाम चैनपुृरमा ठुलो रकमको जुवा तास हुन लागेको जनगुनासो आउन थाले पछि प्रहरीले जुवाडेहरुलाई प्रक्राउ गरेको कडा अभिब्यक्ति दिएका थिए ।
यस अघि पनि सदरमुकाम चैनपुरमा यो समयमा ५ देखी ३० लाख सम्मको जुवा खेल हुने गरेको थियो । प्रहरीकै मिलेमतोमा जुवातास हुने गरेको गुनासो आए पछि पछिल्लो समय प्रहरी प्रशासन पनि सजग भएको हो ।
पक्राउ परेका लाई फौजदारी कार्यविधी संहिता ऐन २०७४ को १२५ को १ बमोजिम मुद्धा दर्ता गरिएको छ । उक्त कानुनमा पहिलो पटक जुवा तास खेल्ने ब्यक्तिलाई ३ महिना कैद वा ३० हजार जरीवाना गरीने ब्यवस्था छ भने दोस्रो पटक प्रक्राउ परे १ बर्ष कैद र ५० हजार जरीवाना रहेको छ । नयाँ डिएसपी आएको एक साता नबित्दै जुवाडेलाई प्रहरी नियन्त्रणमा लिएको भन्दै नागरिक समाजका अगुवा एवं स्थानीयहरु खुशी भएका छन् ।फाइल तस्बिर :