सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, ८जना यात्रु घाइते - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, ८जना यात्रु घाइते



काठमाडौं । सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना भएको छ । ना६ख ९२२ नम्बरको यात्रुबाहकक बस जुम्लाको तीला गाउँपालिकास्थित रारालीबालुमा दुर्घटनामा परेको छ ।

बस दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जनता समाचार डटकमलाई जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य रहेको रिजालले बताउनुभयो । बस सडक छेउमै पल्टिएको उहाँको भनाइ छ ।