एसिड प्रहार गर्ने व्यक्ति अझै पक्राउ पर्न सकेनन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

एसिड प्रहार गर्ने व्यक्ति अझै पक्राउ पर्न सकेनन



काठमाडौं– रौतहट, चन्द्रपुर–६ का दिदीबहिनीमाथि एसिड प्रहार गर्ने व्यक्ति अझै पक्राउ पर्न सकेका छैनन् । गत भदौ २६ गते १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारीमाथि एसिड प्रहार भएको थियो ।

राति १२ बजे घरमै सुतिरहेको अवस्थामा एसिड आक्रमण भएको थियो । एसिड प्रहारबाट घाइते भएका दिदीबहिनीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

तीजको अघिल्लो साँझ परिवारसँग दर खाएर सुत्न गएका दिदीबहिनीलाई मध्यरातमा एसिड प्रहार गरिएको थियो । एसिड प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन ।
कमजोर आर्थिक अवस्थाका कारण छोरीहरुको उपचार गर्नसमेत समस्या भएको बुबा जादोरलालले बताएका छन्। राैतहटकाे चन्द्रपुर अस्पतालमा उपचारका सम्भव नभएपछि उनीहरूलाई काठमाडौं रेफर गरिएकाे थियाे ।