निर्मला पन्त हत्या प्रकरण : दुई डिएसपीसहित पाँच प्रहरी अधिकारी पनि निलम्बित - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

निर्मला पन्त हत्या प्रकरण : दुई डिएसपीसहित पाँच प्रहरी अधिकारी पनि निलम्बित



काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा गम्भीर लापर्बाही गरेको आरोप लागेपछि सरकारले दुई डिएसपीसहित थप पाँच जना प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीद्धारा शनिबार साँझ जारी विज्ञप्तिमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, घटनाको अनुसन्धानका लागि खटिएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी ) का प्रहरी नायव उपरीक्षक अगुंर जिसीसहित दुईजना प्रहरी निरीक्षक र एक जना प्रहरी सहायक निरीक्षकलाई शनिबारकै मितिदेखि लागू हुने गरि निलम्बन गरेको हो।

निलम्बित हुने प्रहरी निरीक्षकमा जगदिश भट्ट र एकेन्द्र खड्का छन् भने प्रहरी सहायक निरीक्षक रामसिंह धामी छन्। यसअघि सरकारले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई निलम्बित गरिसकेको छ।