वडा स्तरीय बाल संजालद्बारा हाजिर जवाफ प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

वडा स्तरीय बाल संजालद्बारा हाजिर जवाफ प्रतियोगिता सम्पन्न



गोविन्द बीसी / बौनिया, कैैैलाली । 

“सुख नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार” भन्ने मुल नाराका साथ ३९ औं राष्ट्रिय बाल दिवस शुक्रबार देशभर मनाइएको थियो ।

यसै क्रममा अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार  लम्कीचुहा नगरपालिका वडा नम्बर ५ तिलकपुरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडा स्तरीय बाल संजाल वडा नम्बर ५ को आयोजनामा लम्कीचुहा नगरपालिका स्तरीय अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

लम्कीचुहा नगरपालिका अन्तर्गतका ९ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जनसेवा मा.वि. गणेशपुरका गणेश देवकोटा, अम्बिका धमाला र हिक्मत धमालाको समूह प्रथम, बालकल्याण मा.वि. भुरुवाका कमल खनाल, कल्पना शाही र पारस आचार्यको समूह दोस्रो भएका छन् भने, जनप्रभात मा.वि. तिलकपुरका प्रमोद कार्की, आशिष परियार र करिष्मा खत्रीको समूहले तेस्रो स्थान प्राप्त गरेको छ ।

वडा स्तरीय बाल संजाल वडा नम्बर ५ का उपाध्यक्ष बाबुराम भट्टराईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष माया बिष्ट रहनु भएको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका अध्यक्ष मोतिप्रसाद उपाध्याय, सचिव रंगप्रसाद तिमिल्सैना, जनप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार रावल लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।