बन्चरो प्रहार गरी श्रीमतीको हत्या - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बन्चरो प्रहार गरी श्रीमतीको हत्या



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीको सिंहपुरमा बन्चरो प्रहार गरी एक जनाले आफ्नो श्रीमतीको हत्या गरेका छन्।

शुक्रबार राति पारिवारिक विवादमा चन्द्रबहादुर पुनमगरले बन्चरो हानेर ३५ वर्षीया विमला पुनमगरको घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेर कडायतले बताए।

महेन्द्रनगरबाट झण्डै २० किलोमिटर टाढा रहेको उक्त क्षेत्रमा सञ्चार सुविधा नहुँदा घटनाबारे ढिलो जानकारी आएको हो । श्रीमतीको हत्यापछि चन्द्रबहादुर शनिबार बिहानै भारततिर फरार भएको जानकारी आएको एसपी कडायतले बताए । उनका अनुसार चन्द्रले उल्टो बन्चरो प्रहार गरेर विमलाको हत्या गरेका हुन्।