गगनले भने: क्षमता र सोंचमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्न - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गगनले भने: क्षमता र सोंचमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्न



काठमाडौं – नेपाली कांग्रेस सांसद गगन थापाले निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अभियुक्त पक्राउ नपर्नुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को क्षमता उदांगो भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको शून्य समयमा सांसद थापाले निर्मला हत्या प्रकरणले गृहमन्त्री बादलको सोच र क्षमतामा नै बादल लागेको भन्दै आक्रोश पोखे ।

थापाले भने, ‘सून काण्डका ठूला माछा समाउन सक्नुभएन, हामी बोलेनौं । काम चोर व्यवसायीलाई कानुनै नबनाइ आफैं पक्रनु भयो, छाड्नु भो हामी बोलेनौं ।

डाक्टर भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं । लेलिन बिष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं ।

हामीलाई लाग्यो गृहमन्त्री बादल ठिकै हो, क्षमतामा केही बादल लाग्यो होला । जब हिजो हामी बोलौं मन्त्री ज्यू पनि बोल्नुभयो ।

अनि थाहा पायौं युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने राममनोहर प्रसाद यादव मारिदा अनि निर्मला पन्तलाई हत्या गर्ने पापीहरु आफ्नौ संयन्त्र जोगाउन लाग्दा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीको सोचमा लागेको रहेछ । सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ ?’