मुक्त कमैया बाल अध्ययन गृहलाई अार्थिक सहयाेग रकम हस्तान्तरण - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

मुक्त कमैया बाल अध्ययन गृहलाई अार्थिक सहयाेग रकम हस्तान्तरण



जुद्ध चाैधरी / पुनर्वास,कञ्चनपुर ।

कैलालीको लम्कीमा निर्माणाधिन मुक्त कमैया बाल अध्ययन गृहलाई दलित विद्यार्थी साझा मञ्च पुनर्वासले अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ।

शनिबार पुनर्वास न्यु सम्राट रेस्टुरेण्टकाे सभाहलमा एक कार्यक्रमकाे अायाेजना गरि मञ्चले नगद ३६ हजार पाँच सय रूपैया अध्ययन गृहलाई हस्तान्तरण गरेकाे हाे।

विपन्न विद्यार्थिहरू सहज तरिकाले शिक्षा अार्जन गरून् भन्ने उद्धेश्यले विभिन्न सहयाेगी ब्यक्तिबाट सहयाेग स्वरूप सँकलन गरिएकाे साे रकम हस्तान्तरण गरेकाे दलित विद्यार्थी साझा मञ्च पुनर्वासका संयाेजक शृजना चुनाराले जानकारी गराउनु भयाे । साथै साे कार्यक्रममा बाल गृह अध्ययन केन्द्रलाई सहयाेग प्रदान गर्ने बिभिन्न ब्यक्तित्वलाई सम्मान पत्र समेत प्रदान गरिएकाे थियाे ।

दलित विद्यार्थी साझा मञ्च पुनर्वासका संयाेजक सृजना चुनाराकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिकाका उप मेयर शारदा बिष्ट धामी रहनु भएकाे थियाे । कार्यक्रममा बक्ताहरूले यस संस्थाले सरहानीय काम गरेकाले अाफुहरूले सक्दाे सहयाेग गर्ने बताएका छन् ।