कञ्चनपुरको भीमदत्त नगरपालिकाको नहरमा महिलाको शव फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्तनगरपालिका-२ भाँसी नजिकको नहरमा शनिबार बिहान अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ।
नहरमा आधा डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा संलग्न आइती सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए। ‘सार्कीको डुबेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानको कार्य सुरु गरेका छौँ’ उनले भने। सार्कीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ।
दैलेखको भुर्ती नगरपालिका घर भएकी सार्की भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्य गर्दै आएकी थिइन्।

