राष्ट्र बिरुद्ध लाग्नेको राहदानी खारेज - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

राष्ट्र बिरुद्ध लाग्नेको राहदानी खारेज



सार्वभौमसत्ता र अखण्डताविरुद्ध अभियान चलाउने व्यक्तिको राहदानी खारेज हुने गरी कानुन संशोधन प्रक्रिया अघि वढेको छ।

नयाँ कानुनमा राष्ट्र विखण्डनका पक्षमा बोल्नेलाई राहदानी जारी नगरिने र गरिएको राहदानी पनि खारेज हुने व्यवस्था हुँदैछ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन्।

प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्धन समितिको शुक्रबार बसेको बैठकले परराष्ट्र मन्त्रालयले संघीय संसद्मा पेस गरेको राहदानी सम्बन्धि कानुन संशोधन र एकीकरण गर्ने विधेयकमा यस्तो प्रावधान राख्न निर्देशन दिएको हो।

समितिका सभापति तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले मुलुकविरुद्ध अन्तर्राष्ट्रिय समुदायमा लबिङ गर्ने काम स्वीकार्न नसकिने बताए।