देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने !



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ।

यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रलाई तालिम दिने योजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

बलात्कारको घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रुपमा तालिम दिने तयारी थालेको छ।

तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको कोर्स समावेश गरिएको छ। ७७ वटै जिल्लाका स्कुले छात्रालाई यस्तो तालिम दिइने छ।