निर्मलाको पक्षमा बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

निर्मलाको पक्षमा बानेश्‍वरमा विद्यार्थीको प्रदर्शन



काठमाडौं- नयाँ बानेश्‍वरको चोक, दिउँसोको टन्टलापुर घाम, मानिसहरुको आउजाऊ बाक्लै छ, स्कुल ड्रेस लगाएका विद्यार्थीहरु सडकमा उत्रिए एक्कै स्वरमा नारा लगाइरहेका छन्, ‘गिभ जस्टिस फर निर्मला, स्टोप भ्वाइलेन्स अगेन्स्ट चिल्ड्रन, दोषीलाई कारबाही गर, हत्‍यारा लुकाउन पाइदैन, निर्मलालाई न्‍याय देऊ।’

उनीहरु बलात्कारपछि हत्याको शिकार भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्‍याय र दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार प्रदर्शन गरिरहेका छन्।

निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नको दोषीको पहिचान अझै हुन सकेको छैन । प्रशासन नै अपराधीलाई लुकाउन लागि परेको आरोप लागिरहेको छ।

सरकारले घटनाका सम्बन्धमा छानबिन गरी सत्य बाहिर ल्याउनका लागि अनुसन्धान समिति गठन गरेको छ। अहिले निर्मलाको न्यायका लागि दबाब दिन भन्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौँमा छन्।

विहीबार मात्रै माइतीघर मण्डलामा निर्मलाको आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।