हत्याकाण्डमा झुटो बोल्ने ओली–प्रचण्डले सार्वजनिक माफी माग्नुपर्छ: लेखक - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

हत्याकाण्डमा झुटो बोल्ने ओली–प्रचण्डले सार्वजनिक माफी माग्नुपर्छ: लेखक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणलाई बंग्याएर झुटो अभिव्यक्ति दिने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

कांग्रेस नेता लेखकले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर निर्मला पन्त हत्या प्रकरणलाई बंग्याएर अभिव्यक्ति दिएका प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक रुपमा माफी माग्नु पर्ने बताएका हुन् । ‘‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसंगमा झूटो बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्वप्रधानमन्त्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नुपर्छ,’’ उनले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री ओलीले केही दिनअघि ‘जनतासँग प्रधानमन्त्री’ नामक टिभी शोमा निर्मला पन्तको हत्या प्रकरणमा हुँदै नभएका कुराहरु जोडेर अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा निर्मलाको शव पोष्टमार्टमपछि अन्तिम दाहसंस्कारका लागि आर्यघाट लैजाने क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरको आँगनमा राखिएको, उच्चस्तरीय छानबिन समितिलाई अनुसन्धानमा बाधा पुर्याएको लगायतका कुराहरु भनेका थिए ।

त्यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका ने क पाका अध्यक्ष प्रचण्डले बिहीबार महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित षड्यन्त्र भएको अभिव्यिक्ति दिएका थिए ।

उनको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेस नेता लेखकले बिहीबार राति फेसबुकमा लेखेका छन्, ‘‘पूर्व प्रम कमरेड प्रचण्डसँग मैले १२ वर्षयता शान्ति प्रक्रियादेखि सँगै नजिकवाट कामपनि गरे उहाँका प्रति सम्मान पनि थियो । निर्मलाको वलात्कार र हत्याको अपराधी खोज्न असफल सरकारका नायक प्रचण्डका आज सार्वजनिक रूपले महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित कार्य वा षड्यन्त्र हुन कि भन्ने जस्ता अभिव्यक्ति सुन्दा उहाँको मानसिक दरिद्रताप्रति दया जाग्यो ।’’