अनमोल केसीकी आमाले गरिन विदेशीसंग इन्गेजमेन्ट - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

अनमोल केसीकी आमाले गरिन विदेशीसंग इन्गेजमेन्ट



अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन (केसी)ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन्।

चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन्।

भुवन केसीसँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी उनले छोरा अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट गरेको बुझिएको छ। अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन्।

सुस्मिताको बिहे भने सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा फिजीमा हुने उनी निकट स्रोतले जानकारी दिएको छ।

फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाका के. ग्यासका धनाढ्य व्यापारी हुन्।

सुस्मिताले गत वर्ष चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिइन्।