फेरी विप्लवका चार कार्यकर्ता पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

फेरी विप्लवका चार कार्यकर्ता पक्राउ



सिरहा– सिरहाको लहान १३ पक्किटोलबाट इलाका प्रहरी कार्यालय लहानले सरकार विरोधी पर्चा बाड्दै हिँडेका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोन्विन्द सदाय, अनिता सदाय, ज्ञानुदेवी सदाय र धनुषाका इन्दल साह छन् ।

उनीहरुलाई गोलबजार क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गाउँमा सरकार विरोधी पर्चा बाडिरहेको सुचना पाएर त्यहाँ पुगेको प्रहरीले सोधखोज गर्दा प्रहरीमाथि नै दुव्र्यबहार गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ चारै जनामाथि सार्वजनिक अपराध सम्वन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।