लुधियानामा तीज मेला सम्पन्न

लुधियाना /पंजाव
नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज बुधवार देश भर विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा भारत पन्जाबको लुधियानामा पनि भव्य सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक वर्ष भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ संस्थाले सांस्कृतिक कार्यक्रम गर्दै तीज मनाउँदै आएका छन्।सोही क्रममा न्यु सागर एन्ड सगरमाथा बस जिप व्यवस्थापक समितिद्वारा तीज मेला २०७५ सम्पन्न गरेको छ ।
।नारायण पौडेलको अध्यक्षता ,ओम प्रकाश परियार एवम् दिनेश परियारको संयोजकत्व र लुधियानाका विधायक सुरिन्द्र डावरको प्रमुख आतिथ्यता रहेको थियो ।खाल्सा ढवाका सुरेन्द्र सिंह खाल्सा ,निलकण्ठ ढवाका चुरामणि पौडेल ,विकास रेशमी ,गोपाल भुसाल ,माधब गौतम अजय कुमार आदि अतिथिको रूपमा उपस्थित रहेका थिए ।
समारोहमा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहारु राजेन्द्र कंडेल ,विजय सुनाम हरिमाया रायमाझी ,शान्ता परियार , पवित्रा शर्तुंगे ,टिकाराम गौतम ,अनु राना मगर ,डान्सर मनिषा परियार ,खुमन जोशी आदिले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।ऐलेसम्म भएका कार्यक्रमहरु भन्दा उक्त कार्यक्रममा दर्शकहरुको घुईचो धेरै नै थियो ।
विगत लामो समयदेखि न्यु सागर एन्ड सगरमाथा टुर एन्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार र करनाल देखि नेपाल आवत जावतको लागि सेवा दिँदै आएको छ ।विगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रमको सञ्चालन भने बाबुराम घिमिरेले गरेका थिए ।


