नेकपा वैठकमा प्रचण्डको ब्यापक आलोचना: अब के हुन्छ ? - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेकपा वैठकमा प्रचण्डको ब्यापक आलोचना: अब के हुन्छ ?



पार्टीका जनवर्गीय संगठन तथा प्रदेश कमिटिहरुको एकीकरणका विषयमा छलफल गर्न बोलाइएको नेकपा सचिवालयको वैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा केन्द्रीत भएपछि मुल अजेण्डामा प्रवेश गरेन।

अध्यक्ष दाहालले भारत भ्रमणका वेला हिन्दुस्तान टाइम्सलाई दिइएको अन्तरवार्ताको विषयलाई लिएर वैठकमा नेताहरुले प्रश्न उठाएका थिए । दाहालले आफ्नो भारत भ्रमणका क्रममा उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ओलीले आफूलाई दुई वर्ष भित्र प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद दिन्छु भनी प्रतिवद्धता जनाएको र यदी नदिए त्यसमा पुनर्विचार हुने भन्दै यो कुरा आफूले भारतीय नेताहरुलाई पनि भनेको बताएका छन्।

दाहालको यो भनाइलाई लिएर नेताहरुले वैठकमा प्रश्न उठाएपछि आफूले नभनेको कुरा पत्रिकाले छापेको भनेर जवाफ दिएका थिए। त्यसबाहेक बुधबारको वैठकमा महासचिव विष्णु पौडेलले जनवर्गीय संगठन तथा प्रदेश र जिल्ला कमिटीबाट आएका नाम र अहिलेसम्म भएको प्रगतिका बारेमा बैठकमा रिर्पोटिंग गरेका थिए।

आज विहीबार बस्ने सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंग्याउने वैठकमा सहभागी एक नेताले हिमालखबरलाई बताए।