के हुँदै छ आज कांग्रेसको केन्द्रीय बैठकमा ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

के हुँदै छ आज कांग्रेसको केन्द्रीय बैठकमा ?



नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले अनुशासन समिति र कार्य सम्पादन समिति गठनलाई टुंग्याउने बताइएको छ।

अनुशासन समितिमा संस्थापन पक्षका भिष्मराज आङदेम्बे संयोजक बन्ने सम्भावना छ।

२२ सदस्यीय बन्ने कार्य सम्पादन समितिमा तीनै समूहका शीर्ष नेताहररू सम्मिलित समिति बन्नेछ।

प्रदेश र संसदीय निर्वाचन अघि सभापति शेर बहादुर देउवाले गठन गरेको कार्य सम्पादन समिति विधान विपरित भएको भन्दै गत वैशाखमा विघटन गरिएको थियो।

यस अघि २१ गतेको लागि डाकिएको बैठक सारिएको थियो। बैठक दिउँसो १ बजे देखि सुरु हुनेछ।