ओली र प्रचण्डलाई कडा चेतावनी !
फिदिम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिम्बुवानसँग नजिस्किन आग्रह गरेका छन् । संघीय लिम्बुवान मञ्च लिम्बुवान प्रदेश समितिले आयोजना गरेका खबरदारीसभालाई सम्बोधन गर्दै लिङदेनले प्रदेश–१ लाई सगरमाथा वा कोशी प्रदेश नामकरण गरेर लिम्बुवानसँग जिस्किएको उनको आरोप थियो ।
मगलबार पाँचथरको फिदिममा आयोजित सम्बोधन गर्नेक्रममा उनले यस्तो बताएका हुन् । उनले भने– ‘जसरी लिम्बुवानसँग जिस्केर राजतन्त्र र राणा सिद्वियो, त्यसैले तपाईहरु पनि सिद्विने बाटोमा नलाग्नुस ।’ प्रदेश–१ लाई पहिचानको आधारमा लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउन लिङदेनले माग गरेका छन् ।
उनले ओली–प्रचण्डले आदिबासीहरुकै हातबाट पहिचानको गर्धन छिनाउँने षडयन्त्र गरिरहेको दाबि गर्दै पहिचानको बिरोध गर्ने नेकपाका आदिबासी जनजाति नेताहरु नव औपनिवेशिकवादका मतियारहरु भएको टिप्पणी गरे ।
प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान राज्य बनाउँन मञ्चको लिम्बुवान प्रदेश कार्य समितिले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै मञ्चका उपाध्यक्ष तथा प्रदेश सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश–१ लाई लिम्बुवान र किरात खम्बुवान प्रदेश बनाउँन अबिचलित भएर लडिरहने प्रतिबद्धता ब्यक्त गरिन् ।
सभालाई आधा दर्जन बढी केन्द्रीय र प्रान्तीय कार्य समितिका नेताहरुले सम्बोधन गरेका थिए ।