लुकाकु चम्किए, आइसल्यान्ड पराजित - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

लुकाकु चम्किए, आइसल्यान्ड पराजित



एजेन्सी । नेसन्स लिग फुटबलमा बेल्जियमले आईसल्याण्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले आइसल्यान्डलाई ३—० गोल अन्तरले पराजित गरेको हो ।

बेल्जियमका लागि स्टार खेलाडी इडेन हजार्ड र रोमेलु लुकाकुले गोल गरेका थिए । हजार्डले २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

लुकाकुले ३१ औ मिनेटमा बेल्जियमको अग्रता दोब्बर पारे भने लुकाकले नै ८१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३—० को अग्रता दिलाएका थिए भने उनको अन्तिम गोल बेल्जियमको जितका लागि निर्णायक बन्यो ।