कार्की, रार्इ र बस्न्यातलाई एआइजीमा बढुवा
नेपाल प्रहरीका तीन नायब महानिरीक्षकलार्इ अतिरीक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएकाे छ।
गृहमन्त्रालयले एआईजीको नयाँ दरबन्दी कायम गरेको तीन महिना पुग्नै लाग्दा डिअाइजीत्रय पुष्कर कार्की, ठुले रार्इ र धिरू बस्न्यातलार्इ एअार्इजी बढुवा सिफारिस गरेकाे हाे। गृह सचिव प्रेमकुमार रार्इकाे अध्यक्षतामा बसेकाे बढुवा समितीले मंगलबार राती पहिलाे नम्बरमा पुष्कर कार्की, दाेस्राेमा ठुले रार्इ र तेस्राेमा धिरू बस्न्यातकाे बढुवा सिफारिस गरेकाे हाे।
प्रहरीमा ३ जना एआईजीका लागि ५ जना डिआइजी मुख्य प्रतिस्पर्धी रहेका थिए।
प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआईजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।