बल्चौर वन तथा वातावरणिय स्रोत विकासकाे साताैं वार्षिक साधारण सभा सम्पन्न - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

बल्चौर वन तथा वातावरणिय स्रोत विकासकाे साताैं वार्षिक साधारण सभा सम्पन्न



रमित पाण्डे / लम्की,कैलाली ।

बल्चौर वन तथा वातावरणिय स्रोत बिकासकाे साताैं बार्षिक साधारण सभा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिगत लामो समयदेखि बन बाताबरणको क्षेत्रमा काम गर्दै आएको बाफर नेपाल ले कैलालीका १,२,३ नम्बर क्षेत्रमा काम गर्दै आएको छ ।

बाफर नेपालका अध्यक्ष उजिर सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा राष्टिय सभा संसद कमला वली विशिष्ठ अतिथि माेहान्याल गा.पा.अध्यक्ष  नवल सिंह रावल ,लम्किचुहा नगरपालिकाका उप प्रमुख टिका थापा रहनु भएको थियो । कार्यक्रमको अन्य अतिथिहरुमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जनक बम , वडा न.३ वडा अध्यक्ष भक्त बहादुर चलाउने र ५का अध्यक्ष माया बिष्ट ,फेकाेफन प्रदेश सचिव टेक बहादुर थापा कफ्सन नेपालका पूर्व उप महासचिव नेत्र प्रसाद खनाल लागायत ताल का प्रतिनिधि शेर बहादुर चाैधरी,५४ वटा सदस्य सा.व.सहभागितामा रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वलिले बाफरले गरेको कामलाई धन्यबाद दिदै यस क्षेत्रको बनलाई जोगाउन केन्द्रमा पहल गर्ने बताउनु भयो । विशिष्ट अतिथी थापा र रावलले यस क्षेत्रमा पछिल्लो समयमा तस्करी बढेकाले मोहन्याल र लम्कीचुहा मिलेर काम गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बाफर अध्यक्ष सुनारले बन जोगाउने आफुहरुको अभियानमामा साथ दिन आम जनमानसमा आग्रह गरेको संंस्थाका सचिव कर्ण रावलले जानकारी दिनु भयो । साधारण सभाले गत आर्थिक वर्षको ४० लाख बराबरको आय ब्यय समेत प्रस्तुत गरेको थियो ।