‘कथा काठमाडौं’ चलचित्र विकास बोर्डको फन्दामा - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

‘कथा काठमाडौं’ चलचित्र विकास बोर्डको फन्दामा



काठमाडौं । नेपाली कथानक चलचित्र ‘कथा काठमाडौं’ को इन्टिमेट सिनलाई लिएर चलचित्र विकास बोर्डले निर्माण पक्षसँग आपत्ती जनाएको छ ।

असोज १२ गतेलाई प्रर्दशनका लागि रिलिज डेट लक गरेको चलचित्र ‘कथा काठमाडौं’ को गीत र ट्रेलरमा रहेको प्रमोद अग्रहरी र प्रियंका कार्कीबीचको इन्टिमेट सिनलाई लिएर बोर्डले पत्र काटेको हो ।

प्रोमोशनका लागि तयार गरिएको गीत र ट्रेलरमा रहेको प्रमोद र प्रियंकाबीचको १७ सेकेन्डको इन्टिमेट सिनलाई काटेर त्यसैलाई दोहोर्याएर २ मिनेटेको भिडियो तयार पारेर अर्को एक युट्युब च्यानलले अपलोड गरेपछि उक्त भिडियो हटाउन बोर्डले पत्र काटेको हो ।

“पुरै भिडियोले भन्न खोजेको सन्देश कुनै एउटा इन्मिेट सिन  मात्रै हेर्दा बुझिँदैन, त्यसको अनर्थ लाग्छ,” अभिनेता प्रमोद अग्रहरीले भने, “यसो गर्नु गलत हो, त्यही भिडियो कसले अपलोड गरेको त्यो हटाउन आग्रह गर्दै बोर्डको पत्र आएको हो ।”

चलचित्रका मुख्य कलाकार द्वय प्रमोद र प्रियंकाको सिनलाई लिएर गीत ‘रातको कुरा’ रिलिज देखि नै सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाउँदै आएका थिए ।

निर्देशक संगीता श्रेष्ठको डेब्यू मुभी ‘कथा काठमाडौं’ मा काठमाडौंका तीन फरक फरक कथा समेटिएको छ । चलचित्रमा प्रमोद र प्रियंकाका साथै संजोग कोइराला, सन्ध्या केसी, आयुषमान देषराज जोशी र प्रेक्षा अधिकारी मुख्य भूमिकामा छन् ।