गृहमन्त्री बादलको राजीनामा माग - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गृहमन्त्री बादलको राजीनामा माग



काठमाडौँ – नेपाल तरुण दलले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । तरुण दल काठमाडौँ जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पठाउदै गृहमन्त्रीको राजीनामा माग गरेको हो । शान्ति सुरक्षा कामय गराउन गृहमन्त्री असफल भएको भन्दै तरुण दलले गृहमन्त्रीको राजीनामा मागेको हो ।

राजीनामा बुझाउन गएको तरुण दलको टोलीले जिल्ला प्रशासन अगाडि प्रदर्शन समेत गरेको थियो । सो क्रममा उनीहरुले सरकारका विरुद्ध नाराबाजी गरेका थिए ।

तरुण दल रोल्पाका नगर सभापति रोहित पुनको नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै तरुण दलले पुनलाई शहीद घोषणा गर्दै घटनाको सत्य सत्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ ।

तरुण दल काठमाडौँका सभापति कृष्ण जी खड्काको नेतृत्वमा गएको टोलीले ज्ञापन बुझाएको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।