स्कुल गएकी १६ वर्षीय किशोरी सम्पर्क विहीन, खोजी गरिदिन परिवारको अपिल । - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

स्कुल गएकी १६ वर्षीय किशोरी सम्पर्क विहीन, खोजी गरिदिन परिवारको अपिल ।



कमल विष्ट / अर्घाखाँची

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका -३ हिले बाट बसाइ सराइ गरी गएका कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ भलवाड गाउँबाट एक १६ वर्षीय युवती एकाएक सम्पर्क बिहीन भएकी छन् । गएको भदौ २१ गते स्कुल जान्छु भनेर हिँडेकी बसन्ता बन्जाडे एकाएक सम्पर्क विहीन भएको परिवारले जनाएका छन् ।

२१ गते बिहान करिब १० बजेतिर स्कुल जान्छु भनेर हिँडेकी उनी नत स्कुल गइन नत घरनै फर्किन आमा सुनिता बन्जाडेले भनिन स्कुल हिँडेकी छोरी साँझ सम्म घर नआएपछि सबै परिवार खोजी गर्न लागेको र स्कुल नगएर एउटा मोटरसाइकलमा एक जना स्थानीय महिला सहित बनगाई सम्म आएको जानकारी भएको आमाले बताइन् ।

उनले छोरी हराएको खबर प्रहरीमा जानकारी गराएको भन्दै प्रहरीले छोरी खोजिदिन तदारुकता नदेखाएको गुनासो गरेकी छन् । दुई दिनसम्म फोन समेत लागिरहेको र साथीलाई बुटवल छु अब आउँदिन होला भन्ने जस्ता म्यासेज गरेकी थिइन् । कुनै जानकारी नभएको स्थानीय एक युवासँग विवाह गरी आएकी बाग्लुङ्ग बुर्तिवाङ्ग  माइती घर भन्ने सिता परिवारले छोरीलाई ललाई फकाई गरी लगेको भन्दै उक्त महिलालाई पक्राउ गर्न आग्रह गरेकी छन् ।

छोरी एकाएक हराएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा किटानी सहित निवेदन दिँदा समेत उक्त महिलालाई पक्राउ गर्न चासो नदिएको गुनासो गरेकी छन् । सिता विक भन्ने महिलाले छोरी लगेको भन्ने स्थानीयले देखेकाले उक्त महिलालाई नियन्त्रणमा लिएर कार्बाही गर्न प्रहरीलाई भनेको तर ५ दिन बितिसक्दा समेत कुनै अत्तोपत्तो नहँुदा मानसिक तनाव भइरहेको उनले बताइन् । यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोज यादवले हराएकी बालिकाको हुलिया सम्पूर्ण कार्यालयमा परिपत्र गरिसकेको भन्दै खोजी कार्य भइरहेको प्रमुख यादवले बताए ।

यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले हराएकी युवती बुटवल आएको भन्ने सूचनाको आधारमा विभिन्न ठाउँमा खोजतलास भइरहेको भन्दै युवती सँग रहेको भन्ने
युवतीको समेत व्यापक खोजी भइरहेको बताए तर घरका परिवार भने ५ दिन बिती सक्दा समेत कुनै जानकारी नपाउँदा थप समस्यामा परेको उनका मामा दुर्गाप्रसाद भुसालले जानकारी दिनुभएको छ ।