ठमेलमा भीषण आगलागी, चार दर्जन सिलिण्डर पड्किए - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

ठमेलमा भीषण आगलागी, चार दर्जन सिलिण्डर पड्किए



काठमाडौँ । काठमाडौँको ठमेलभित्र ज्याथा क्षेत्रमा भीषण आगलागी भएको छ । मंगलबार बिहान ४ः३० बजेदेखि आगलागी सुरु भएको थियो ।

जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीको छ ।

आगलागीबाट कम्तिमा दुई घर जलेका छन् भने एउटा घरमा क्षति भएको छ ।

प्रहरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीयबीच भागाभाग चलेको थियो ।

भागाभागका क्रममा केही घाइतेसमेत भएका छन् । झण्डै चार दर्जन अक्सिजन ग्यास सिलिन्डर पड्किएका थिए ।

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।