अमेरिकामा होला त बार्सिलोना र जिरोनाको खेल ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

अमेरिकामा होला त बार्सिलोना र जिरोनाको खेल ?



स्पेनिस ला लिगा फुटबल अन्तर्गतका केही खेलहरु अमेरिकामा गर्ने तयारी छ । तर त्यसको फ्यानदेखि लिएर खेलाडीहरुले पनि विरोध गरेका छन् ।

ला लिगा अन्तर्गत चाँडै नै हुने बार्सिलोना र जिरोनाबिचको खेल अमेरिकाको मायामीमा गर्ने तयारी छ । जिरोनाको मैदानमा हुने खेललाई मायामीमा गर्ने तयारी गरिएको हो ।

तर यसमा विवाद भएकाले यसको अन्तिम निर्णय गर्ने अधिकार खेलाडीमा छोडिएको स्पेनिस प्लेअर्स युनियन, एएफईले जनाएको छ । जिरोना र बार्सिलोनाबिचको खेल आउँदो जनवरी २७ मा हुँदैछ ।

स्पेनिस शीर्ष लिग ला लिगाले सिजनको एउटा खेल अमेरिकामा खेलाउने सहमति मिडिया कम्पनी रेलेभेन्टसँग गरेको छ । ला लिगा र रेलेभेन्टबिच १५ वर्षको सम्झौता भएको छ ।

एएफई र ला लिगाका अधिकारीबिच सोमबार यस विषयमा छलफल भएको थियो । छलफलले निष्कर्ष निकाल्न सकेन । अब खेलाडीले एएफई मार्फत अन्तिम निर्णय गर्ने बताइएको छ ।