एउटा बाइकमा एकै परिवारका पाँच जना, प्रहरीले सडक मै गरे नमस्कार - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

एउटा बाइकमा एकै परिवारका पाँच जना, प्रहरीले सडक मै गरे नमस्कार



एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गरेको तस्वीर भारतीय सोशल मिडियामा भाइरल भएको छ ।

भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरलाई पाँच हजारभन्दा बढी पटक ‘रि–ट्वीट’ गरिएको छ । त्यस्तै झण्डै १० हजार जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् भने यो समाचार तयार पार्दासम्म ३ सय ७२ ‘कमेन्ट’ छन् ।

उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र ? हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’

तस्वीरमा बच्चासमेत पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । बाइक चालकको नाम हनुमन्थ रायडु रहेको बताइएको छ । उनी आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् ।

बी शुभकुमार नाम गरेका प्रहरीले उनलाई रोक्नासाथ नमस्कार गरेका हुन् । शुभकुमार भन्छन्, ‘बाइकमा पाँच जना बसेको, त्यसमा पनि चालकले हेलमेट नलगाएको देखेर मैले नमस्कारबाहेक अरु केही गर्नै सकिनँ ।’

हनुमन्थले यसअघि नै बारम्बार ट्राफिक नियम तोडेको बताइन्छ । एजेन्सी