अब म चुप लागेर बस्दिन नेता कार्यकर्तालाई कारवाही गर्छु :देउवा - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अब म चुप लागेर बस्दिन नेता कार्यकर्तालाई कारवाही गर्छु :देउवा



बाँके । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताकै कारण प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीले सर्वत्र पराजय व्यहोर्नु परेको बताउनु भएको छ ।

१०५औँ बिपी जयन्तीका अवसरमा साेमबार आयोजित ‘नेतृत्व विकास तथा सामूहिक सौदाबाजी’ अन्तक्रिया तथा प्रशिक्षणमा सभापति देउवाले निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सक्रिय भएका नेता तथा कार्यकर्तालाई कारवाही हुने बताउनु भयो ।

‘गएको निर्वाचनमा कतिपय ठाउँमा नेता तथा कार्यकर्ताहरु आफ्नै उम्मेदवार विरुद्ध लागे, त्यही कारण पार्टीले धेरै ठाउँमा चुनाव हार्यो’ उहाँले भन्नुभयो, ‘पार्टीमा अहिले बेथिति बढेको छ । अनुशासनमा नबस्ने प्रवृति मौलाएको छ । त्यस्ता नेता तथा कार्यकर्तालाई कारवाही हुन्छ । अब म चुप लागेर बस्दिन ।’