प्रकाण्डलाई तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतको आदेश - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

प्रकाण्डलाई तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतको आदेश



दाङ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई आइतबार दाङ जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा तुलसीपुरमा बम विस्फोट गराएको मुद्दामा उनविरुद्ध तीन दिनभित्र प्रमाणसहित पेश गर्न अदालतले आदेश दिएको छ । अदालतले थप तीन दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति भएको छ ।

तत्कालिन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने चुनावी सभालाई लक्षित गरी बम विष्फोट भएको थियो । विस्फोटबाट म्यादी प्रहरीसहित नौ जना घाइते भएका थिए ।

देउवा हेलिकोप्टरबाट टरिगाउँ विमानस्थलमा अवतरण गरी गाडीमा अरनिको मैदानस्थित सभालाई सम्बोधन गर्न जाँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–५ घ लाईनमा बम विष्फोट भएको थियो । जसमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु पनि भएको थियो ।