मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



धादिङ– पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

गल्छीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस