अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

काठमाडौँ । सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । उक्त विमान गोरखाबाट काठमाडौँ फर्किदै गरेको थियो ।
हेलिकोप्टर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक फेला परेको आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।
हेलिकोप्टरमा ६ जना जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले बताए । प्रहरीले पछिल्लो समय दिएको विवरण यस्तो रहेको छ ।


