निर्मला हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ? - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

निर्मला हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?



निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ ।

प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन ।

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफुले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।

शकास्पद कतिपयलार्य कागज गराएर छाडेका छौँ, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छैँ, उनले भने, शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।, अहिलेसम्म कुनै ठोस तथ्या खुल्न नसेको उनले बताए ।

निर्मलाको शव साउन ११ गते भेटिएको थियो ।

घटना भएको उक महिनाभन्दा बढी भईसकेको छ ।

यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिल्ता उत्पन्न भएको उनको भनाई छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।