ओली-प्रचण्डलाई झलनाथ खनालको चेतावनी - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

ओली-प्रचण्डलाई झलनाथ खनालको चेतावनी



काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको कामकारबाही बारे खुलेरै टिप्पणी गरेका छन ।

बुधबार राती एक टेलिभिजन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले यस्तो चेतावनी दिएका हुन् । खनालले सरकारको नराम्रा कामबारे टिप्पणी गरेका छन् ।

यतिमात्रै होइन झलनाथ खनाल अहिलेको सरकारको कामले भोलिको नेकपाको राजनीति पनि धरापमा पर्ने बुझाईमा छन् ।

संविधान संसोधन बारे आवश्यक भए विचार गर्न सकिने समेत उनले बताएका छन् । अध्यक्षता गरिरहेको केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको काम कारबाही लगायत अन्य कुरा मिलाएर लैजान उनले चेतावनी दिएका छन् ।